

बाणगंगा ६ मा विकासका लागि सर्वपक्षीय छलफल





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ वडा भित्र रहेका प्रमुख,सरोकारवाला संचाकर्मीहरु संग वडाको विकास र आगामी योजनाका बारे बिहिबार छलफल अन्र्तक्रिया गरेको छ ।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष करुण टण्डनले अन्र्तक्रिया कार्यक्रममा आगामी योजना र उत्तरदायित्व समसामायिक विषयमा छलफल तथा अन्र्तक्रिर्या आयोजना गरिएको जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै नगरकि उपप्रमुख एवं कार्यक्रमकी प्रमुख अतिथि रिता चौधरीले वडाको विकास र एक्केबद्धताका लागि कार्यक्रम महत्वपुर्ण भएको बताउदै जनप्रतिनिधिहरु सवैको साझा हुनुपर्नेमा जोड दिएकी थिईन् । सो अवसरमा सरोकारवालाहरुले वडाको आगामी विकास, भएका गतिविधि का बारेमा जानकारी गराएका थिए । वडाले सुरक्षा पोष्ट,खरको छानो मुक्त अभियान, वाल श्रममुक्त घोषणा लगाएतका योजनाका बारे छलफल तथा सुझाव माग गरेको थियो ।
नेपाल पत्रकार महासंघका कोषाध्यक्ष तथा लुम्बिनी दर्पणका प्रधान सम्पादक मोहन बेल्वासे ले वडा लगाएत बनगाईबाट तौलिहवा सम्म को बुद्धमार्गमा कुनै प्रहरी पोष्ट नहुदा, चोरी निकासी तथा अपराधीक गतिविधि रोक्न चुनौती देखिएको भन्दै आवश्यक जग्गा व्यवस्थापन र पहलकदमीका लागि अगाडी बढ्नुपर्ने, वडाका विपन्न नागरिकहरु आर्थिक अभावमा पालमुनी बस्ने अवस्था आएको हुदाँ खरको छानो मुक्त अभियान वर्खाअगावै संचालन गर्नुपर्ने सुझाव दिएका थिए ।
विशिष्ट अतिथि संविधान सभा सांसद विश्राम थारुले ठुला योजनाहरुका सहकार्य गरि अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । नव निर्वाचित वडाध्यक्ष करुण टण्डन लगाएत जनप्रतिनिधिहरुले वडाको विकास र समृद्धिका लागि दलगत भावना त्यागेर एक हुनुपर्नै र सवैमा साथ सहयोग , सल्लाह सुझावको अपेक्षा राखेका थिए ।


खबर सबै
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’











प्रतिक्रिया