

मेयर बालेन्द्रलाई प्रधानमन्त्री देउवाले भने, तपाईँले चमत्कार गर्नुभयो’



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा देउवा र साहबीच भेटवार्ता भएको हो ।
उक्त भेटमा देउवाले साहलेलाई उनको विजयमा खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए ।
‘तपाईँले चमत्कार गर्नुभयो । ५ वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ,’ भेटमा देउवाले भने ।
देउवाले काठमाडौंको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको भन्दै विकासको काममा सहयोग हुने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ ।
‘फोहोर मैला व्यवस्थापनका लागि जे जे उपाय छन् लगाउनुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुन्छ,’ देउवालाई उद्धृत गर्दै बालेन्द्र निकट स्रोतले भन्यो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया