

मानव अधिकार समूहले बुझायो बाणगंगाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र





कपिलवस्तु। इन्सेक संग आवद्ध मानव अधिकार समूह बाणगंगाका उपाध्यक्ष ईन्दिरा पन्तको संयोजकत्वमा नगरपालिकाका प्रमुख चक्रपाणी आर्याललाई ध्यानाकर्षण पत्र बुझाईएको छ ।
बाणगंगा नगरपालिका भित्रका किसानहरुलाई धानखेती लगाउने वेलामा कृषकले रासायनिक मलखाद डिएपी, युरीया र उन्नतजातको धानको बिउ बजारमा नपाएको कृषकहरुबाट गुनासो आए पश्चात समूहले नगरभित्रका केही सहकारीको अनुगमन गरी समस्याहरुको पहिचान गरेर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
समूहले नगरपालिकाको वडा नं। ५ मा रहेको छिमेकी सहकारी संस्था , दिव्यज्योति महिला सहकारीमा २० क्वीन्टल डिएपी र ८ क्वीन्टर पोटास बितरण गर्दा ८० कृषकले २५ केजीका दरले मात्र मलखाद पाएको र वडा नं। ४ स्थित कर्मेश्वर कृषि सहकारी संस्थामा १५ क्वीन्टल र जनमैत्री कृषि सहकारी संस्थामा २५ क्वीन्टल डिएपी र ८ क्वीन्टल पोटास मात्र पाएको गुनासो आएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । उक्त मलखाद पौंच पुग्ने ब्यक्तीहरुले मात्र पाएको र सर्बसाधारण किसानहरुले सुचना समेत नपाएको गुनासो किसानहरुबाट आएको हुँदा नगरका सबै किसानहरुले समयमा आबश्यक पर्ने मलखाद तथा बिउ हालसम्म पाउन नसकेको गुनासो छ ।
ध्यानाकर्षण पत्रमा किसानहरुले उन्नत जातको धानको बिउ समयमा नपाएको कृषि सामाग्री संस्थानको मलखादका लागि नगरपालिकाले समयमै उपलब्ध गराउन नसकेको, किसानहरुको समस्या समाधानका लागि नगरपालिकाको कृषि शाखाले समयमै पहल गर्नुपर्ने, रामधान र राधाचारको धानको बिउ बाहेक अन्य उन्नत जानका बिउको ब्यवस्था गरिनुपर्ने र मलखादको समस्या समाधान गर्न कृषि मत्रालय संग स्थानिय तहले समन्वय गर्नु पर्ने लगायतका समस्या तथा सुभाmव उल्लेख गरिएको छ ।
मानव अधिकार समूह बाणगंगाका उपाध्यक्ष ईन्दिरा पन्त, सचिव मधु पाण्डे, कोषाध्यक्ष ३। थानेश्वर अधिकारी, सदस्यहरु रुपा राई गुरुङ्ग, देबकला सुवेदी कमाल, यमुना पन्थी, इन्सेक सहजकर्ता पार्वती आचार्य लगातयको टोलिले मेयर अर्याल सहित उप प्रमुख रीता कुमारी चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा बुझ्दै मेयर अर्यालले कृषि र कृषकसंग सम्बन्धित कतिपय कुराहरु केन्द्रिय सरकारको नितिका कारण अप्ठ्यारे भएको बताउदै ती समस्या समाधानका लागि नगरपालिका कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।


खबर सबै
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ











प्रतिक्रिया