

अर्थमन्त्री ज्यु, ‘कमिशन नआउने भएरनै शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गर्नु भएको हो ?’ : एमाले सचिव भट्टराई





काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले कमिशन नआउने भएरनै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गर्नु भएको हो ? भनि अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।
सचिव भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको उल्लेख गर्दै कमिशन नआउने भएरनै त्यसो गरिएको हो भनि गम्भीर आशंका व्यक्त गरेका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरुले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाइरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकिर गरे ।
पूर्वमन्त्री समेत रहेका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै पनि खालको हित गर्न नसक्ने दाबी गरेका छन् । उनले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको अधिकतम उपयोग गर्ने कुरालाई चासो समेत नदिएको बताए ।
सचिव भट्टराईले भनेका छन्, ‘यो बजेटको प्राथमिकता, यो बजेटको गन्तव्य कता हो भन्ने कुरा हामीले प्रश्न उठाइरहेका छौं । कतैकतै यो बजेट हेर्दा लेशसफियरको गन्ध आउँछ, कतैकतै यो बजेट हेर्दा सत्तरी, असी दशकतिरको माओत्सेतुङको गन्ध आउँछ । कतैकतै यो बजेट हेर्दा अलिअलि माक्र्सको पनि गन्ध आउँछ । यो बजेट वास्तवमा के हो ? मेरो विचारमा यो चौबाटोमा उभिएको छ । कता जाने यसले गन्तव्य निश्चित गरेको छैन ।’
उनले फेरि भने, ‘त्यसको अर्थ यो कतै पनि जाँदैन । यो त्यही बस्छ, अलमलिएर बस्छ । यसले कुनै गन्तव्य लिनेवाला छैन । र, मुलुकलाई कुनै हित हुनेवाला छैन । मैले बुझेको समाजको सामाजिक रुपान्तरण, सामाजिक विभेदहरु, आर्थिक विभेदलाई अन्त्य गर्ने कुराहरु मूलतः त्यहाँका उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको न्यायोचित वितरण र त्यसको अधिकतम उपयोग गर्दै विद्यमान सामाजिक, आर्थिक असमानताहरुलाई अन्त्य गर्ने र एउटा न्यायमूलक र समतामूलक समाज निर्माण गर्ने सायद हाम्रो गन्तव्य यो हो । तर यो बजेटले हाम्रो नेपाली समाजमा रहेका उत्पादक शक्तिहरुको विकास गर्ने कुरामा र उत्पादनकाम साधनहरुको अधिकतम उपयोग गर्ने कुरामा यसले कुनै ध्यान दिएको छैन ।’
‘त्यसैकारण पनि यो बजेट जहाँको त्यही बस्छ भनेर निवेदन गर्न खोजेको हुँ । अहिले टिकटकमा माननीय अर्थमन्त्रीज्यूको एउटा भिडियो आईरहेको छ । सायद उहाँले पनि हेर्नु भयो होला । त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिइरहनु भएको थियो । त्यो मैले हिजो मात्रै टिकटकमा हेरे । शिक्षाको बजेट किन बढाएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनु भएको छ । शिक्षाको बजेटमा त २० प्रतिशत हुनुपथ्र्यौं, स्वास्थ्यको बजेट त २० प्रतिशत हुनुपथ्र्यो भन्दै उहाँले के भन्नु भएको छ भने–त्यहाँ किन बजेट बढाउँदैनन भने अर्थमन्त्रीहरु त्यहाँ कमिशन आउँदैन । उहाँले त्यो भन्नु भएको छ । आज उहाँ स्वयमले अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नु भएको छ’, उनले थप भने ।
सचिव भट्टराईले बजेट चौबाटोमा उभिएकाले यसले गन्तव्य पक्रेर अघि बढने अवस्था नरहेको पनि पटकपटक दोहो¥याए ।


खबर सबै
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ











प्रतिक्रिया