

तेलको गन्ध आएको बाटो खोज्दै जादाँ दुर्घटनाग्रस्त जहाज





काठमाण्डाै मेरो नाम विशाल घर्ती हो । घर बाग्लुङ पर्छ । म वैशाखको ५, ६ गतेदेखि नै यार्सागुम्बा सङ्कलनको लागि मुस्ताङमा छु ।
हिजो बिहान म साथीहरुसँगै यार्सागुम्बा सङ्कलन गर्दै थिएँ । उताबाट जहाज उडेको आवाजसँगै एक्कासी ड्वाङ्ग गरेको अर्को आवाज आयो । डम्म बादल लागेकोले केही पनि देखिएन । साथीहरु कोही बास बस्ने गोठमा थिए । हामी चार जना चाहिँ पाखामा यार्सागुम्बा सङ्कलन गर्दै थियाैँ ।
आवाज आउनेबित्तिकै जहाज दुर्घटना भयो भन्ने लाग्यो । केहीबेरपछि जहाज हराएको हल्ला पनि फैलियो । त्यसपछि हामी त्यहाँ भएका सबै मिलेर वरपर खोज्यौँ । तर पानी र बादलले गर्दा केही देखिएन । बेलुकी अबेरसम्म खोज्दा पनि नभेटेपछि गोठमा फर्किएर सुत्यौँ। अनि आज बिहान ५ बजे चिया पिउनेबित्तिकै हामी खोज्न भनेर निस्कियौँ । सुरुमा तीन जना गयौँ । डम्म बादल लागेकाले नजिककै ठाउँ पनि देखिने अवस्था थिएन । लगभग एक घन्टा हिँडेपछि तेलको गन्ध आयो । साथीहरु अलि माथि थिए । म चाहिँ गन्ध आएको ठाउँको नजिक थिएँ । त्यसपछि मैले साथीहरुलाई बोलाएँ । यता तेलको गन्ध आएको छ भनेपछि साथीहरु पनि आए ।
गन्ध आएको ठाउँतिर जाँदा पाखाको ढिस्कोमा जहाज टुक्राटुक्रा अवस्थामा देखियो । कोही जीवित छन् कि भनेर वरपर हेर्यौँ । तर त्यस्तो भेटिएन । अनि मैले तल मेरो भिनाजु यामप्रसाद बुढाथोकीलाई खबर गरेँ। त्यसपछि मलाई असई साबले फोन गर्नुभयो । अनि उहाँलाई दुर्घटनाग्रस्त जहाजको फोटो पठाएँ ।
(आइतवारदेखि हराइरहेको तारा एअरको जहाज पहिलोपटक देखेका घर्तीसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित) उज्यालो बाट


खबर सबै
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ











प्रतिक्रिया