

२५ वर्षे अनुभवी पाइलट थिए क्याप्टेन प्रभाकर घिमिरे





काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको २० घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन।
सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए पनि विमानको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन।
लामो समयदेखि विमान चलाउँदै आएका क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९ः ५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाएका थिए । २५ वर्षदेखि विमान उडाउँदै आउनुभएका घिमिरे सहितको टोलीको अवस्था यो समाचार तयार पारुञ्जेल अज्ञात रहेको छ।
क्याप्टेन घिमिरेसहित कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका थिए। उनीसँगै थिए २५ वर्षे कोपाइलट उत्सव पोख्रेलले उडान भरेका थिए ।
रुकुम पश्चिम चौरजहारी नगरपालिकाका पोख्रेल फिलिपिन्सबाट अध्ययन सकेर नेपाल आएका हुन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ











प्रतिक्रिया