

ठुलादल मतदातालाई पैसाले प्रभावित पारे : राजमाे कपिलवस्तु



कपिलवस्तु ।राष्ट्रिय जनमाोर्चा कपिलवस्तुले स्थानीय निर्वाचनको समीक्षा गरेको छ । शनिबार महासचिव मनोज भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजमोले ठूला दलले रकम खर्च गरेर मतदातालाई प्रभावित पारेको समीक्षा गरिएको छ ।
वाणगंगा ६ सुठौलिमा भएको कार्यक्रममा विभिन्न पालिकाबाट चुनावको गतिविधिबारे रिपोर्टिङ गरिएको थियो ।
विजयनगर गाउँपालिका र शिवराज नगरपालिकाको रिपोर्ट केर सिंह अदैले प्रस्तुत गर्नु भएको थियो भने बुद्धभूमी नगरपालिकाको रिपोर्ट नर बहादुर घर्तीले गर्नु भएको थियो । वाणगंगा नगरपालिकाको रिपोर्ट राम प्रसाद बेल्बासे र कपिलवस्तु नगरपालिका सहित समग्र जिल्लाको रिपोर्ट शिव पौडेलले गर्नु भएको थियो ।
सो क्रममा पाँचदलीय गठबन्धन गर्न प्रयास गरिएपनि सफल हुन नसकेको नेताहरुले बताउनुभएको थियो । कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको मत बढेको र एउटा वडासदस्य जित्न सफल भएको मूल्यांकन गरिएको छ भने संगठनको आधार कमजोर रहेको र चुनावमा भोज भतेर, पैसाले जनतालाई कांग्रेस, एमालेले प्रवाहित पारेको निष्कर्ष राजमोले निकालेको छ ।
समीक्षा भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पाँचदलीय गठबन्धन देशभर लागू हुन नसके पनि गठबन्धनले प्रतिगामी र राजावादी शक्तिहरुलाई कमजोर बनाएको बताउनु भयो ।
गणतन्त्रका विरुद्ध राजावादी, भारत समेत लागेको बताउँदै उहाँले देशमा ठूला दलहरुको विकल्प खोज्नुको अर्थ गन्त्रन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पार्नुभयो । प्रतिगमन विरुद्ध संघर्ष, लोकतान्त्रिक शक्तिहरुको एकता लोकतान्त्रिक गणतन्त्रको रक्षा नै आजको आवश्यकता भएको बताउनु भयो । सार्थ, आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि आजैदेखि लाग्न निर्देशन दिनुभयो ।
राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शसी सापकोटा, र स्वागत मिना पोख्रेलले गर्नु भएको थियो ।
सो अवसरमा निर्वाचित दलित महिला सदस्य मिना पोख्रेल नेपाली लाई सम्मान गरिएको थियो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया