

पोखरीमा विष हाली २२ हजार माछाको भुरा मारियो



दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका १२ का एक कृषकको माछा फार्ममा बिष हालेर २२ हजार माछाको भुरा मारिएको छ । १४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाको भुरा मारिएको कृषक मदन गरीले बताए ।
विहानै उठेर पोखरीमा हेर्न जाँदा सबै माछा मरेर तैरिएको अवस्थामा पाइएको उनले बताए । ‘हिजो राति ७ बजेसम्म पोखरीमा सबै माछा ठिक थिए,’ गिरीले भने, ‘बिहान उठ्दा सबै सखाप बनाइएछ ।’
पोखरीमा २ महिनाअघि मात्रै प्रतिगोटा ५ रुपैयाँका दरले एक लाख १५ हजार बढी मूल्यको माछाको भुरा हालिएको उनले बताए । ६ वर्षदेखि माछा पाल्दै आएका कृषक गिरीले यसअघि कहिल्यै यस्तो घटना नभएको सुनाए ।
‘बादल लागेर धुम्म भयो भने अक्सिन नपुगेर स–साना माबादल लागेर धुम्म भयो भने अक्सिजन नपुगेर स–साना केही माछा पहिले पनि मर्थे, तर पोखरीमा भएका सबै माछा सखाप भएको यो पहिलो हो,’ गिरी भन्छन् ‘पोखरीका अन्य जलचरसमेत सखाप भएर मरेका कारण विष हालेकै जस्तो देखिन्छ ।’
घटनाबारे नगरपालिकाका कृषि चिकित्सक र प्रहरीलाई जानकारी गराइएको गिरीले बताए । घटनाबारे शंकास्पद कोही पनि हालसम्म पक्राउ तथा अनुसन्धानको दायरामा नआएको उनको भनाइ छ ।
कृषक गिरीका छिमेकी बामदेव गिरीकाअनुसार पोखरीमा पालिएको माछामा यस प्रकारको घटना घटाइएको यो पहिलो पटक भएको बताए ।
कृषकले लगानी र जोखिम मोलेर गरेको दुःखमा यस प्रकारको घटनाले हतोत्साही बनाएको गिरीले बताए । माछामा विष हालेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया