

ओलीलाई प्रचण्डको प्रश्न– पार्टीभित्रको अन्तर्घात कि सरकारका कारणले पराजय ब्यहोरेको ?



नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलेका दुई थरी कुरा आफुले बुझ्न नसकेको बताएका छन् । उनले ओलीले निर्वाचनका विषयमा दिएको दुई थरी अभिव्यक्ति आफुले नबुझेको बताएका हुन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले भने, ‘ओलीले एक ठाउँमा आन्तरिक अन्तर्घातका कारण निर्वाचनमा पराजय ब्यहोरेको भनेका छन् । यस्तै, प्रतिनिधिसभामा बोल्दै सरकारका कारणले निर्वाचनमा पराजय ब्यहोरेको बताएका छन् ।’ यी दुईमध्ये कुन कारणले निर्वाचनमा पराजय ब्यहोरेको भन्दै प्रचण्डले ओलीमाथि प्रश्न गरे ।
‘अन्तर्घात मूख्य हो वा निर्वाचनको समयमा सरकारले गरेका गतिविधि र लिएको नीति मूख्य हो,’ प्रचण्डले प्रश्न गरे । यद्यपि, निर्वाचनमा भएका कमी कमजोरी र राजनीतिक दलहरूले पनि कमी कमजोरीलाई आगामी दिनमा सच्याउन पर्ने प्रचण्डको भनाइ छ । तर, मतगणना गर्दै गर्दा आफ्नो पक्षमा मत नदेखिएपछि सरकारमाथि धारे हात लगाउने विषय उचित नभएको उनको भनाई छ ।
उनले विगतमा देशको विकास गर्न र तत्कालीन परिस्थितिमा वाम गठबन्धन गर्ने क्रमलाई अघि बढाइएको बताए । ‘हिजो बाम गठबन्धन गरेका थियौं । एउटै कम्युनिष्ट पार्टी बनाउने पहलकदमी पनि लियौं,’ प्रचण्डले भने, ‘त्यो घटनाक्रमले हाम्रो संवैधानिक व्यवस्थामा असम्भव जस्तै ठानिएको दुई तिहाई बहुमतको स्थितिमा पार्टीलाई पुर्याएका थियौं । यसको समीक्षा हुँदै जानेछ ।’


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया