

वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती



काठमाडौं
एमाले अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् ।
आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा पैसा राखेको आरोपको जवाफ दिँदै ओलीले भने, ‘मेरो र मेरो श्रीमतीको चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु ।’ आफूले रिजर्भ बैंकमा पैसा नराखेको बताएका ओलीले भने, ‘एक विद्वानले मैले रिजर्भ बैंकमा पैसा राखेको भन्नुभयो । रिजर्भ बैंकले पनि सुनोस्, त्यो पैसा उनै आरोप लगाउने विद्वानको नाममा गरिदिए हुन्छ ।’
आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउनेलाई आफ्नो चलअचल सम्पत्ति राज्यको नाममा गर्न ओलीले चुनौती दिए । ‘ममाथि औला ठड्याउनुभन्दा अगाडि कुनै मानुभाव निस्कनुस् न राज्यमा नाममा सम्पत्ति हस्तान्तरण गर्ने । केपी ओलीलाई मुखभरिको जवाफ दिन भने पनि सम्पत्ति राज्यको नाममा गरेको यही संसदबाट घोषणा गर्नुस् त । म सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूहरू मलाई घुमाइफिराइ छेड हान्नुहुन्छ । म भन्न चाहन्छु- गर्नुस् न तपाईहरु पनि राष्ट्रको नाममा, ट्रष्टको नाममा आफ्नो सम्पत्ति हस्तान्तरण । मेरो कतै पनि भएको चलअचल सम्पत्तिमा लोभ गर्नुपर्ने, अर्काेको नाममा राखेर बदनामी हुनुपर्ने कारण छैन । मैले सबै सम्पत्ति राज्यलाई दिएको छु ।’


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया