

पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

एजेन्सी
भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।
उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ। बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा राज्य’ को रूपमा चर्चा गरिने गरिएको छ।
तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ । मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको एक्किन संख्या भने बताउन अस्वीकार गरेका छन् ।
धेरै जसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको बताइएको छ ।
‘छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा विक्री गरिएको,’ जी न्युजले उल्लेख गरेको छ ।
यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया