

अहिले मतदातालाई धन्यवाद भनाैँ, घाेषणापत्र अनुसार काम गर्न सकेकाे दिन विजय जुलुस मनाउँला : बालेन्द्र



काठमाण्डाै
काठमाण्डाै महानगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले आफ्नाे जित पक्का भएसँगै विजय जुलुस नगर्न सबैलाई आग्रह गर्नुभएकाे छ ।
बालेनले १९ हजार तीन सय २३ मत गणना गर्न बाँकी हुँदा उहाँले २० हजार मतकाे अग्रता बनाइसक्नुभएकाे छ । याेसँगै बालेनकाे जित हुने सुनिश्चित भएकाे छ । जित निश्चित भएसँगै बालेनले आफ्नाे चुनावी प्रक्रियामा सहभागी हुने सबैलाई धन्यवाद दिँदै आ-आफ्नाे ठाउँबाट सबैले धन्यवाद र्याली निकाल्ने तर विजय जुलुस नगर्न आग्रह गर्नुभएकाे हाे । यस्तै उहाँले आफूले चुनावी घाेषणापत्रमा उल्लेख भएका काम पूरा गर्न सकेकाे दिन मात्र विजय जुलुस निकाल्न आफ्ना समर्थकलाई आग्रह गर्नुभएकाे छ ।
बालेन्द्रले आफ्नाे फेसबुक पेजमा लेख्नुभएकाे छ, ‘जित-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’
काठमाण्डाै महानगरमा अहिलेसम्म एक लाख ७१ हजार ८०२ मत गणना हुँदा बालेनले ५५ हजार ७४५ मत प्राप्त गर्नुभएकाे छ । बालेनले आफ्ना निकट प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई २० हजार ३७६ काे फराकिलाे मतान्तरले पछि पार्नुभएकाे छ । सिंहले ३५ हजार ३७१ मत प्राप्त गर्नुभएकाे छ । यस्तै एमाले उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत पाउनुभएकाे छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया