

नीति तथा कार्यक्रमले हाम्रो माग सम्बोधन गर्यो : परिसंघ अध्यक्ष अग्रवाल



काठमडौं
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने गरी आएको प्रतिक्रिया दिएका छन् ।
नीति तथा कार्यक्रमबारे अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष अग्रवालले औद्योगिकरणका लागि सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको बताए ।
स्वदेशी उत्पादन र उपभोग दशक कार्यक्रम परिसंघको माग अनुसार आएको उनले बताए । उद्योगमा जग्गाको हदबन्दी जस्ता कार्यक्रम पनि परिसंघले पहिल्यैदेखि उठाएको मुद्दा भएको अग्रवालको भनाइ छ ।
‘हामीले माग गरेका धेरै विषय नीति तथा कार्यक्रममा परेका छन् । यो निकै सकारात्मक छन्,’ उनले अघि थपे, ‘उद्योगमा जग्गाको हदबन्दी नलाग्ने जस्ता विषय पनि राम्रो छ ।’
उद्योगलाई संरक्षण गर्ने नीतिलाई अब बजेटमार्फत सम्बोधन गरिनु पर्ने पनि उनले बताए । परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ लाई सहयोग गर्ने गरी नीति तथा कार्यक्रम आएकोमा उनले खुसी व्यक्त गरे ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया