


विद्यालयमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने



काठमाडौं
सकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म पाठ्यक्रम शिक्षा प्रणाली, परीक्षण प्रणाली र भौतिक पूर्वाधारमा सुधार गर्ने घोषणा गरेको छ ।
गुणस्तरीय, अनिवार्य शिक्षाका लागि विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष अधिकतम सार्वजनिक विद्यालयमा न्यूनतम पूर्वाधार निर्माण कार्य सम्पन्न गराइने उल्लेख छ ।
विज्ञान, गणित, अंग्रेजी र प्रविधि विषय शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गुणस्तरीय राष्ट्रिय शिक्षाको मानक पूरा गर्ने विशिष्टिकृत नमुना विद्यालय सञ्चालनमा ल्याउने पनि सरकारको घोषणा छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया