


भरतपुरको मेयरमा रेनु दाहालको विजय सुनिश्चित



चितवन | एमालेलाई फेरि एकपटक स्तब्ध तुल्याउँदै भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् ।
महानगरपालिकामा खसेको कुल मतमध्ये ११ हजार १७३ मत गन्न बाँकी हुँदै दाहाल भारी मतका साथ मेयर पदमा विजयी सुनिश्चित भएकी हुन् ।
पछिल्लो मत परिणामअनुसार दाहालले १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत पाएकी छन् भने एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ११ हजार ५४७ रहेको छ ।
अब बाँकी गन्न सबै मत विजय सुवेदीले पाएपनि रेनुले जित्ने निश्चित भइसकेको हो । अघिल्लो चुनावमा पनि रेनुसँग एमालेका उम्मेदवार देवी ज्ञवाली पराजित भएका थिए । भरतपुरमा कुल १ लाख २७ हजार ८३९ मत खसेको थियो ।
यसैगरी उपमेयरमा पनि काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी भारी मतका साथ विजयी सुनिश्चित भएको छ । भरतपुरमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका हुन् ।
भरतपुरमा सत्ता गठबन्धन एकातिर र एमाले र राप्रपाबीचको गठबन्धन अर्कोतिर थियो । निर्वाचन अधिकृतको कार्यालयले मतगणना सकिएपछि विजेताको औपचारिक रुपमा घोषणा गर्नेछ । लोकान्तर डटकमले समाचार लेखेको छ ।


खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया