

शितगंगामा पहिलो महिला उपमेयर, पदभार पनि ग्रहण


कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकाले पहिलो महिला उप–प्रमुख पाएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा शितगंगाले महिला उप–प्रमुख पाएको हो ।
संविधानमा नगरको प्रमुख, उपप्रमुख मध्ये एक जना महिला अनिवार्य हुनुपर्ने भए पनि गठबन्धनका कारण यस अघिको स्थानीय तहको निर्वाचनमा शितगंगाको उप–प्रमुख महिला निर्वाचित हुन सकेनन् ।
हालै सम्पन्न निर्वाचनमा एमालेबाट उप–प्रमुखमा गीता भाट निर्वाचित हुनुभएको छ । भाटले गठबन्धनकी उम्मेद्वारलाई मतान्तरले पराजित गर्दै आफु निर्वाचित हुनुभएको हो । उप–प्रमुख भाटले पदभार समेत ग्रहण गरिसक्नुभएको छ । पदभार ग्रहण गर्दै भाटले संविधानले दिएका कुरालाई मध्यनजर गर्दै पछाडी परेका जाती, समुदायको हकहितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उप प्रमुख भाटले ग्रामिण भेगका पछाडि परेका महिलाहरुलाई हरेक क्षेत्रमा अगाडि बढाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
भाटले शितगंगा नगरपालिकामा महिला क्षेत्रको बिकासको लागि उल्लेखनिय काम गर्न नसकेकोले सबै दिदि बहिनीहरुले अब महिला नेत्तृत्व लाई प्राथमिकता दिन अनुरोध गर्नु भएको छ ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया