

मोटरसाइकलको ठक्करबाट बुटवलमा एकको मृत्यु



बुटवल । मोटरसाइकलको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिकानगरमा शुक्रबार राति मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बुटवल १० का ७२ वर्षीय पशुपति भट्टराइको मृत्यु भएको हो।
पैदल हिँडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका भट्टराईलाई तत्काल कालिकानगरमै रहेको चौराह अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिने मोटरसाइकल चालक बुटवल ४ आदर्शनगरका २४ वर्षीय वीरेन थापा घाइते रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया