

रुपन्देहीको रोहिणी गाउँपालिका अधयक्षमा जसपा विजयी



बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीका विद्याप्रसाद यादव विजयी भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटलाई पछि पार्दै यादव निर्वाचित भएका हुन् । उनले ७४९६ मत प्राप्त गर्दा ताहिरले ६४५८ मत पाए ।
यस्तै, नेकपा एमालेका सनोजकुमार यादवले ३१०२ मत र नेपाली कांग्रेसका बैजनाथ सहानीले २३५६ मत पाएको निर्वाचन अधिकृत रमिला भण्डारीले जानकारी दिइन् । सनोज २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।
उपाध्यक्षमा भने राप्रपाकी शिवकान्ती चमारले ६१५४ मत ल्याउदै दोस्रो कार्यकालको लागि उपाध्यक्षमा निर्वाचित भएकी छन् । चमार २०७४ मा संघीय समाजवादी फोरमबाट निर्वाचित भएकी थिइन् ।
जसपाकी रिमा मिश्रा ५९०२ मत ल्याएर दोस्रो भएकी छन् । एमालेकी बसन्ती पाण्डेले ३३८ मत पाएकी छन् ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया