

आईओएस १५.५ सार्वजनिक, यसरी गर्नुहोस् अपडेट




काठमाडौं
एप्पलले आफ्नाे अपरेटिङ सिस्टमलाई एकपछि अर्को गर्दै अपग्रेड गरिरहेको छ । यसैबीच कम्पनीले एप्पल वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्सअघि नै आईओएस १५.५ र आईप्याडओएस १५.५ सार्वजनिक गरेको छ ।
विशेषगरी कम्पनीले एप्पल क्याश र पोडकास्टमा नयाँ अपडेट दिएको छ । नयाँ अपडेट आएसँगै अब एप्पल क्याश प्रयोगकर्ताले आफ्नो कार्डमा भएको पैसा पठाउन र पाउन सक्नेछन् ।
यसैगरी अब पोडकास्ट एपले स्वतः रुपमा प्रयोगकर्ताले तयार बनाएको पोडकास्टको आधारमा यसको स्टोरेज, सीमितता लगायतका कुराको नियन्त्रण गर्नेछ ।
म्याकओएस १२.४ अपडेटमा पनि पोडकास्ट सम्बन्धी फिचरहरू थप गरिएको छ । योसँगै एप्पलले वाचओएस ८.६, टिभी ओएस १५.५ र होमपड १५.५ अपडेट पनि जारी गरेकाे छ ।
कसरी इन्स्टल गर्ने ?
यदि तपाईंले अटोमेटिक इन्स्टल राख्नुभएको छैन भने तपाईंलाई सफ्टवेयर इन्स्टल गर्न नोटिफकेसन आउँछ । यद्यपि कहिलेकाहीँ नआउन सक्छ । यस्तो अवस्थामा आईफोनको ‘सेटिङ’ मा गएर ‘जेनेरल’ मा ट्याप गर्नुहोस् ।
त्यसपछि ‘सफ्टवेयर अपडेट’ मा ट्याप गरेर आफ्नो फोनमा आईओएस १५.५ अपडेट आए/नआएको यकिन गर्नुहोस् । यदि तपाईंको डिभाइसमा यो अपडेट आइसकेको छ भने स्क्रिनको सबैभन्दा तल ‘डाउनलोड एन्ड इन्स्टल’ अप्सनमा ट्याप गरेर आईओएस १५.५ इन्स्टल गर्न सक्नुहुन्छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया