

तिलोत्तमामा मतगणना स्थगित, पुनः गणनाको माग



बुटवल
रुपन्देहीका तिलोत्तमा नगरपालिकामा मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको मत बढाएको भन्दै अरु दलहरुले पुनः मतगणनाको माग गरेका छन् ।
वडा नंं १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर तथा नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै पुनः मतगणनाको माग गरेका हुन् ।
विवादपछि मतगणना स्थगित भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रि जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त पत्रकार सम्मेलन गरी पुनः मत गणनाका लागि तिलोत्तमा नगरपालिकाका कर्मचारीलाई हटाएर नेपाल सरकारका निजामति कर्मचारीबाट गणना हुनुपर्ने, दोषी कर्मचारीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाँणले मेयर बासुदेव घिमिरेले योजनावद्धरुपमा नगरपालिकाका कर्मचारीमार्फत सेटिङ गरेर धाँधली गरेको आरोप लगाए ।
कांग्रेसका उम्मेदवारको १४१ मत आएकोलाई ११४ भनेर तथा एमाले उम्मेदवारको १६५ मत आएकोलाई १९६ भनेर अभिलेख राखेको पाइएपछि पुनः मतगणनाको माग गरिएको उनले बताए ।
गणकहरु केशव भट्टराई, माधवप्रसाद पोखरेल र गणेश गौतमले वास्तविक मतलाई तलमाथि गरेर अभिलेख राखेको खांणले आरोप लगाए ।
नेकपा एमालेका नगर अध्यक्ष तामनाथ पाण्डेले नतिजा सार्वजनिक भइसकेका वडाहरुको पुनः मतगणनाको माग स्वीकार गर्न नसकिने बताए । उनले वडा नंं १६ को हकमा पुनः गणना गर्न कुनै आपत्ति नभएको बताए ।
निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले पनि अभिलेख राख्ने क्रममा त्रुटी भएको स्वीकार गरेका छन् । तर मत गणना सुरु गर्ने विषयमा दलहरुबीच सहमति जुटिनसकेको उनले बताए ।
तिलोत्तमाको मेयरमा कांग्रेस–माओवादी गठबन्धनका रामकृष्ण खांण र एमालेका मोहन चापागाईंबीच तीव्र प्रतिस्पर्धा छ । वडा नंं. १ र १७ को मत गनिसक्दा १ मा एमाले र १७ मा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । तिलोत्तमामा १७ वटा वडा छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया