

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी


काठमाडौं : अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी भएका छन्।
अध्यक्षमा न्यौपानेले कांग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तरले पराजित गरेका छन्। न्यौपानेले ७ हजार ७४९ मत ल्याउँदा गौतमले ७ हजार २८ मत पाए। गौतम २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट पाणिनि गाउँपालिका अध्यक्षमा एक्लै विजयी भएका थिए। उनले आफू पुनः दोहोरिन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एकीकृत समाजवादीसँग मिलेर चुनावी मैदानमा भिडेका थिए।
त्यसैगरी, उपाध्यक्षमा एमालेकी पौडेलले कांग्रेसकी गौतमलाई ६ सय २३ मतान्तरले पराजित गरिन्। पौडेलले ७ हजार ६६१ र गौतमले ७ हजार ३८ मत ल्याइन्।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया