

आईपीएल क्रिकेटमा दिल्ली ८ विकेटले विजयी

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।
मुम्बईमा गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो ।
टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । राजस्थानका रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय पारी खेले । देवदूत पाडिकले ४८ रन जोडे ।
दिल्लीका मिचेल मार्श, एन्रिच नोर्किया र चेतन शाकरियाले दुईरदुई विकेट लिए । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । दिल्लीका मिचेल मार्शले ८९ रन तथा डेभिड वार्नरले अविजित ५३ रनको अर्धशतकीय पारी खेले ।
राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले एकरएक विकेट लिए । जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्कका साथ राजस्थान तेस्रो स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया