


एमालेले संसद चल्न नदिँदा नागरिकता विधेयक अघि बढ्न सकेन् : प्रचण्ड



काठमाण्डाै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका कारण नागरिकता विधेयक अघि बढ्न नसकेको बताउनुभएको छ ।
जनकपुरमा भएको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले मधेसका कयौँ व्यक्ति नागरिकता विहीन भइरहेको अवस्थालाई अन्त्य गर्न सरकारले विधेयक संसदमा पेश गरे पनि एमालेको अवरोधका कारण अगाडी बढ्न नसकेको आरोप लगाउनुभयो । उहाँले संसदको अवरोध खुल्नासाथ नागरिकता विधेयक अघि बढ्ने दाबी गर्नुभयो । अब संसद अवरोध भइरहे पनि नागरिकता विधेयक पेश गर्ने विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिरहेको प्रचण्डको भनाई छ ।
मधेसका नागरिकको हक अधिकारको लागि पाँच दलीय गठबन्धन बनेको जिकिर गर्दै प्रचण्डले प्रदेश र प्रतिनिधिसभा चुनावमा प्रतिगामीलाई विजयी हुन नदिने संकल्प गरेको बताउनुभयो । लोकतन्त्र, विकास र समृद्धिको लागि गठबन्धनलाई लामो समय लैजान तयार रहेको पनि प्रचण्डको भनाइ छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया