

बाणगंगाबाट पुर्व अर्थमन्त्री पौडेलले भने,“बुटवल–गोरुसिंगे आधुनिक सडकको डिपिआर भइसक्यो”



कपिलवस्तु ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बुटवल देखी गोरुसिंगे सम्मको ५० किमि आधुनिक सडक निर्माणका लागि एसियाली विकास बैंकसंगको समन्वयमा डिपिआरको काम सम्पन्न भएको र केही समयमै विश्व बैंकको सहयोगमा टेन्डर आह्वान हुने बताउनुभएको छ । पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले नेता पौडेलले नेकपा (एमाले) बाणगंगा निर्वाचन परिचालन कमिटीद्धारा कपिलवस्तुको बाणगंगा ७ बनगाईमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन आफु अर्थमन्त्री हुदा सो सडकको अगुवाई गरेको दावी पनि गर्नु भयो ।
पौडेलले सुकुम्बासी समस्या, अब्यवस्थित बसोवासीको समस्या एमालेको नेतृत्वको बन्ने आगामी सरकारले स्थायी रुपमा समाधान गर्ने दावी गर्नु भयो । उपाध्यक्ष पौडेलले जनप्रतिनिधीले जनताको सेवकको रुपमा काम गर्ने बताउदै र वाणगंगाको विकास एमालेको जिम्मेवारी हुने जिकिर गर्नुभयो । नेता पौडेलले गठबन्धन रोइरहेको बताउदै जनाधार भएको एमालेले देश ब्यापी रुपमा महानगरपालिका, उपमहानगरपालिका र पालिकाहरुमा सानदार विजयी हासिल गर्ने दावी गर्नु भयो ।
नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीका संयोजक विश्राम प्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, केन्द्रिय कमिटी सदस्य, कृषि तथा पशुपंक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपाने, कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, जिल्ला अध्यक्ष डम्मर शर्मा लगायतका नेता, कार्यकर्ताहरु, एवम् स्थानियतको उपस्थिती रहेको कार्यक्रमको संचालन एमाले बाणगंगा नगर कमिटी सदस्य भिम थापाले गर्नु भएको थियो ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया