

दाङमा अवैध हतियार सहित तीन जना पक्राउ

दाङ
दाङ प्रहरीले अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ ।
लमही नगरपालिका-३ टिकुलीगढ स्थित जुनु वडी विल्डर्सबाट अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन सञ्चालन गरी बस्ने अन्दाजी ७३ वर्षीय मुमबहादुर घर्ती मगर रहेका छन् ।
त्यस्तै बाग्लुङ बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ मा बस्दै आएका २० वर्षीय सोमु बिक र रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भइ तलमी नगरपालिका ३ बस्ने ४० वर्षीय कमल भनिने रुक्मान सुनार रहेका छन् ।
२० वर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तीबाट खटिएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको हो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया