नेता रायमाझीको उद्घोष : “राप्रपा सानो पार्टी हो भन्ने मानसिकता त्यागनुस्”

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य धुव्र रानयमाझीले राप्रपाले हार्छ, राप्रपा सानो पार्टी हो भन्ने मानसिकता त्याग गर्न आग्रह गर्नुभएको छ । उहाँले परिवर्तनको लागि राप्रपालाई जिताउँछु, मेरो भोटले राप्रपाले जित्छ भन्ने मानसिकता राख्न पनि अपिल समेत गर्नुभएको छ ।
आसन्न स्थानीय तहको निर्वाचन लक्षित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले भन्नभयो,‘राप्रपाले हार्छ, राप्रपा सानो पार्टी हो भन्ने मानसिकता त्याग्नुस ! म परिवर्तनको लागि राप्रपालाई जिताउँछु, मेरो भोटले राप्रपाले जित्छ भन्ने मानसिकता राख्नुस। त्यसैले भोट ‘हलोमा’ हालौ ।’
(राप्रपा) ले चुनावी अभियानका कार्यक्रमलाई तीब्रता दिएको छ । बाणगंगा नगरपालिकाको नगरप्रमुखमा महिलालाई अघि सारेको राप्रपाले मतदाताको उत्साहले आफुहरुलाई थप उर्जा मिलेको उम्मेदवारहरुले बताएका छन् । सिता कुमारी थारुलाई मेयर र रामु शर्मालाई उपमेयरमा अघि सारेको राप्रपाले आज बाणगंगा २ पिपरामा आफ्नो चुनावी कार्यक्रम सम्पन्न गरेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै