

दिगो विकासको योजना बनाएको छुः अध्यक्षका उम्मेद्वार पौडेल



हरि घिमिरे
बाणगंगा वडा न. ८ का वडा अध्यक्षका उम्मेद्वारले वडाको दिगो विकास योजनाका साथ मतदाता संग पुगेको बताउनु भएको छ । उहाँले वडमा हुने भौतिक निर्माण, उत्पादन र आर्थिक अवस्था लगाएतका विषयलाई दिगो विकासका रुपमा स्थापित गर्ने योजना बनाएको बताउनु भयो । गठबन्धनको तर्फबाट माओवादि केन्द्रका वडा अध्यक्षका उम्मेद्वार हुमनाथ पौडेलले घरदैलोका क्रममा मतदाता संग यस्तो बताउनु भएको हो ।
मतदाता भेटघाटका लागि जनताका घरमा पुग्नु भएका पौडेलले वडा वासिका स–सना समस्या समाधान गर्ने प्रतिबद्धता जनतासामु राख्नु भएको छ । उहाँले कुनै लोभ लालचमा नपरि सच्चा र कर्मठ चार दलिय गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन वडा वासि समंक्ष आग्रह गर्नु भयो । मतदाता भेटघाटमा महिला सदस्यमा सिर्जना गैरे, दलित महिला सदस्यमा अनुराधा परियार र खुल्ला सदस्यहरुमा कमल वेल्वासे र शिव खासु मगर गरि ५ जनाको सक्रिय टिमले वडाका मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेका छन् । निर्वाचन परिचालन कमिटि वडा ८ का संयोजक टोप नारायण वेल्लासे हामि जित्छौ भन्ने विश्वासका साथ घर दौलोलाई तिव्रता दिएको बताउनु भयो ।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्या नारायण भुसाल, यमा वञ्जाडे, जनि बञ्जाडे, युवा नेता कपिल पौडेल लगाएतका नेता तथा कार्यक्रताको बाक्लो उपस्थितीमा प्रचार प्रशार भईरहेको बताईएको छ ।
विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व गरेका र दशकौ देखि राजनितिमा होमिनुभएका युवा लोकप्रिय नेता हुमनाथ पौडेललाई वडाध्यक्ष पदको उम्मेद्वार बनाएसंगै वडावासी तथा युवावर्ग संक्षम नेतृत्व आउन सक्ने आस देखिएको छ ।
गठबन्धनले शुुसासन–जनमुखी र पारदर्शी प्रशासन, शिक्षा, स्वास्थ्य, स्वरोजगार, कृषि, पर्यटन, ढल तथा फोहोरमैला व्यवस्थापन, औधोगिकीकरण, भौतिक पूर्वाधार तथा विशेष योजना समेटेर नगर विकास परियोजनाको घोषणापत्र बनाएको हो । गठबन्धनले नगर प्रमुखमा माओवादीका देवराज अर्याल र उप–प्रमुखमा नेकपा (एस)का कमल भट्टराईलाई उम्मेदवार बनाएको छ । यसैगरी ११ वटै वडामा सबै ४ वटै दलबाट प्रतिनिधित्व हुने गरी उम्मेदवार रहेका छन् । वाणगंगाका सबै वडाहरुमा प्रचारप्रसार अभियानलाई तिव्र पारिएको छ भने संयुक्त घरदैलो अभियान पनि जारी राखिएको जनाइएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया