

योजनामा रहेका अधुरा कामलाई पुरा गर्न आफु पुर्न वडा अध्यक्षमा उठेको वडाध्यक्षका उम्मेदवार अर्यालको भनाई



भगवती न्यौपाने
बाणगंगा नगरपालिकामा चार दलिय गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजावदी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनका साझा उम्मेद्धारहरुले जनताको घरघरमा गई चुनाव प्रचार प्रसार अभियानलाई तिब्रता दिएका छन्।
चारदलीय गठबन्धनले कपिलवस्तुको बाणगंगामा मेयर र उपमेयर सहित ११ वटै वडामा भागबण्डा गरी चुनावी मैदानमा छ । बैशाख ३० गते हुने स्थानीय तहका मेयर, उपमेयर, वडा अध्यक्ष सदस्यका उम्मेदवार लगाएत पार्टी नेता कार्यकर्ताहरुको टोलीले अहिले चुनावी अभियानमा जुटेका छन् ।
वडा नंं ११ का वडा अध्यक्षका उम्मेदवार सोमनाथ अर्यालले योजनामा रहको अधुरा कामलाई पुरा गर्न आफु पुर्न वडा अध्यक्षमा उठेको बताउनु भयो । पार्टीले आफुलाइ पुनः वडा अध्यक्षका रुपमा अघि सारेकाले वडालाई समृद्ध बताउदै सबै सगँ हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यो भन्दा अगाडी वडा अध्यक्षमा रहदा आफुले गरेका राम्रा कामको जनताले मुल्याङकन गरेको बताउदै लामो समयसम्म समाजसेवा गरेका उम्मेद्वार भएकाले जित निश्चित हुने वडावासीले बताएका छन् । उमेदवारमा अर्याल सहित वडा सदस्य धुव चन्द्र थारु, गंगा राम मगर, महिला वडा सदस्य लक्ष्मी थारु,दलित महिला सदस्य तिलकुमारी परिवार सहित चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा वडा न. ११ का पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
वडा बिकासका लागी उम्मेदवार घोषणा पत्र र शुभकामना पत्र लिएर उमेदवारहरु घरदैलो गरेका हुन । उम्मेदवारलाई जिताउन पार्टी नेता तथा कार्यकर्ताले घरदैलो सुरु गरेका हुन ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया