

भलवाडलाई औद्योगिकग्रामको रुपमा विकास गरिनेछ : चक्रपाणी अर्याल



कपिलवस्तु । नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वाणगंगा को भलवाडमा थालनी गरिएको औद्योगिक क्षेत्रलाई विकास गर्दै नमूना ग्रामको रुपमा विकास गर्ने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरको वडा नं. ९ भलवाडका बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । अर्यालले कपिलधामको ब्यवस्थित विकास गर्दै वार्डका अधुरा भौतिक पूर्वाधारका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले भलवाड पर्यटकिय सम्पदाको हिसावले निकै धनी रहेको चर्चा गर्दै स्थानिय सम्पदालाई आर्यआर्जनसंग जोडेर कार्य सम्पादन गर्ने बताउनु भयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. ९ का अध्यक्षका प्रत्यासी कमल पौडेलले भलवाडमा प्राविधिक शिक्षा आवश्यक रहेको चर्चा गर्दै आफुले त्यसका लागि आवश्यक प्रयत्न गर्ने बताउनु भयो । संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जंजिर प्रसाद थारु, धुव्र बेल्बासे, बाबुराम रायमाझी वडा सदस्यका उम्मेद्वार केशरा गुरुङ्ग, भिम बहादुर पुन, नुमलाल चौधरी, बसन्ती गायन लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक,मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. ९ को निर्वाचन परिचान कमिटीले जनाएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया