बाणगंगा ९ स्थित राम आधारभूत विद्यालयको वार्षिक परीक्षाफल प्रकाशन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवडा स्थित श्री राम आधारभूत विद्यालयको वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार र छात्रबृत्ति वितरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

विद्यालयमा आयाजित कार्यक्रम मार्फत अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति रकम र सामग्री वितरण गरिएको छ भने दिवा खाजा बापतको रकम समेत प्रदान गरिएको विद्यालयका प्रधानाध्यपक ओमलाल गिरीले जानकारी दिनुभयो ।

शैक्षिक सत्र २०७८ को वार्षिक परी़क्षाफल प्रकाशन अन्र्तगत विद्यालयको कक्षा बालविका देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुको तहगत नतिजा सार्वजनिक गरि उनीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।

यसैबिच स्थानीय सहरेपानी सामुदायिक वनको आर्थिक सहयोगमा विद्यालयले यसै शैक्षिक सत्र देखि यातायात सोवा समेत विद्यार्थीका लागि प्रदान गर्ने भएको छ । विद्यालय बस संचालन गरी पूर्ण अंग्रेजी माध्यका पठनपाठन कार्यक्रम सुरु गरिएको प्रधानाध्यपक गिरीले बताउनुभयो । बाणगंगा ९ का आधारभूत तहका विद्यलायमा राम आधारभूत विद्यालयले छुट्टै पहिचान समेत बनाएको छ । विद्यालयले यस शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान समेत थालिएको जनाएको छ ।

आफ्ना विद्यालय उमेरका बालवालिकाहरुलाई समयमै विद्यालयमा भर्ना गराउन समेत प्रधानाध्यापक गिरीले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी अर्यालको अध्यक्षताथ एवम् पदाधिकारीहरुको उपस्थिति सहित बाणगंगा नगरपालिका युवा शिक्षा तथा खेलकुद विकास शाखा प्रमूख खिमबहादुर जिसीको प्रमूख उपस्थिति तथा प्रधानाध्यापक ओमलाल गिरीको स्वागत र शिक्षक लालमणी अधिकारीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

खबर सबै