

बाणगंगा ९ भलवाडमा गठबन्धनका उम्मेद्धारको घरदैलो अभियान सक्रिय



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा वडा अध्यक्ष पदका लागि चारदलीय गठबन्धनका उम्मेद्धार सहित चार जनाको चुनावी प्रतिश्पर्धा छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, चार दलीय गठबन्धनबाट उम्मेद्धारहरु जनताको घर घरमा मतभार आफ्नो पक्षमा पर्न अहिले अभियानमा सक्रिय छन् ।
वडा नम्बर ९ मा स्वतन्त्र उम्मेद्धारी दिई चारदलीय गठबन्धनको साझा उम्मेद्धारमा रहनुभएका कुमार मधु बेल्वासे सहित उहाँको सिगो प्यानल चुनवाी अभियानका साथ घर घरमा पुगि जनताका बिचमा आफ्नो पक्षमा मत मागिरहेका छन् ।
वडा अध्यक्षका उम्मेद्धार बेल्वासे सहित वडा सदस्यका उम्मेद्धारहरु कुन्तमणी भुषाल, यदुराम शर्मा, महिला वडा सदस्य राधा खनाल र दलित महिला वडा सदस्यका उम्मेद्धार टेकमाया दर्जीले वडा नम्बर ९ का टोल टोलमा पुगेर जनताका बिचमा आफ्नो उम्मेद्धारी र एजेण्डाबारे प्रचारप्रसारमा सक्रिय बनेका हुन ।
वडा अध्यक्षका उम्मेद्धार कुमार मधु बेल्वासेले ठूला दलको भडकिलो प्रचार भन्दा सामान्य शैलिको प्रचार शैली बढी प्रभावकारी बन्ने बताउनुभयो । उहाँले आफ्नो जित निश्चित रहेको समेत दाबी गर्नुभएको छ ।
पहिलो पटक आफु निर्वाचनमा उम्मेद्धार भएको २०४६ सालको घटना स्मरण गर्दै उहाँले भन्नुभयो, पहिलो पटक चुनाव लड्दा म एक्लै चुनाव प्रचारमा हिडेको थिए । त्यसैले भिड देखेर उनीहरुले नै जिते भन्नु मुर्खता हो ।
चारदलीय गठबन्धनबाट साझा उम्मेद्धार बन्नुभएका बेल्वासेले गोलाकार भित्रको हसिया हथौडा चुनाव चिन्ह लिएर वडा नम्बर ९ को वडा अध्यक्षमा उम्मेद्धारी दिनुभएको हो ।
अहिले वडाका हरेक नागरिकहरुलाई वास्तविक्ता बुझाउने बेला आएको भन्दै उहाँले आफु र आफ्नो प्यानल मोटो रकम खर्च गरेर चुनाव प्रचार गर्न भन्दा सामान्य किसिमले पनि निर्वाचनमा उम्द्धार बन्न सकिन्छ भन्ने सन्देश दिन पनि यो निर्वाचनमा सक्रिय बनेको बताउनुभयो ।
भलवाडमा चार दलीय गठबन्धनको पक्षमा मत बढी आउने देखेपछि अहिले दुई ठूला दलका उम्मेद्धारहरु अत्तालिन लागेको समेत उहाँको भनाइ छ । आफुहरुको जित हुने र त्यसको नतिजा बैशाख ३० पछि छर्लङ्ग हुने उहाँले बताउनुभयो ।
बाणगंगामा चार दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, जनता समाजावदी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बिच तालमेल छ । वडा नम्बर ९ मा भने राष्ट्रिय जनमोर्चाका उम्मेद्धारले छुट्टै उम्मेद्धारी दिएका कारण यहाँ तीन दलको तालमेलमा उम्मेद्धारहरु चुनावी मैदानमा छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया