

नागरिकलाइ मतदाता शिक्षा दिदैँ, मत पनि माग्दै बाणगंगामा गठबन्धनका उम्मेदवार



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को चुनावी प्रचारमा होमिएको चार दलीय गठबन्धनले उदाहरणीय काम गरेको छ । केहीदिनदेखि निरन्तर घरदैलोमा रहेको गठबन्धनले मत माग्दै आम नागरिकलाई मत खसाल्न पनि सिकाएर उदाहरणीय काम गरेको हो । वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रकान्त न्यौपानेले घरदैलोको क्रममा धेरै नागरिकमा मतदाता शिक्षा कम रहेको पाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘हामी मत माग्न घरमा जान्छौँ र फर्कने बेलामा भोट खसाल्न आउँछ भनेर पनि सोध्छौँ ? धेरैले सिकाइदिनु होस् न भनेर सोध्नु हुन्छ अनि हामी त्यो पनि सिकाउँदै हिँडिरहेका छौँ । धेरै युवा विद्यार्थी पहिलो पटक मत खसाल्दै हुनुहुने रहेछ ।’ उहाँहरुलाई केही पनि थाहा रहेनछ । हामीले सिकाएपछि उहाँहरु खुसी पनि हुनुभयो ।यसपछि धेरैले धन्यबाद दिने गरेको पनि उहाँले सुनाउनु भयो ।
मत माग्ने ठुला दलले सात छापे मत माग्ने गरेका पनि जनताले आफूहरुलाई सुनाएको उहाँले बताउनु भयो । ‘हामी त्यो गरिरहेका छैनौँ । यो स्थानीय तहको निर्वाचनमा हामी राम्रो मान्छे छान्नु पर्दछ भनेर जनतालाई सम्झाई बुझाई गरिरहेका छौँ । आम नागरिक नगरपालिकाको अहिलेको नेतृत्वसंग रिसाएका पनि रहेछन् । धेरै असन्तुष्ट छन्।’ उहाँले भन्नुभयो ।
घरदैलोको क्रममा बाणगंगाका मतदाता सचेत रहेको आफूहरुले पाएको पनि उहाँले बताउनु भयो । उहाँले थप्नु भयो ‘ अहिले ठुला दलले ठाउँठाउँमा मासुभातको भतेर चलाएका छन् ।
युवालाई डिजेल, पेट्रोल र पैसामा किनेका छन् । तर तिनै युवाले अन्त मत खसालेर उनीहरुलाई पराजित गर्ने विश्वास लिएका छौँ । हामी भड्किलो प्रचार पनि गरेका छैनौँ । कम खर्चमा चुनाव जित्ने गरी लागेका छौँ । खर्च गरेर मत पाएर जितिन्छ भन्नु भ्रम हो त्यो ३० गतेको निर्वाचनले प्रमाणित गर्ने छ, उहाँले भन्नुभयो । वडा नम्बर ४ मा वडा अध्यक्षमा न्यौपानेसंगै महिला सदस्यमा विमला श्रेष्ठ (वली), वडा सदस्यमा रामचन्द्र खनाल, नुर बहादुर राना, अस्मिता नेपाली वडा सदस्यमा हुनुहुन्छ । बाणगंगाको नगरपालिकाको मेयरमा गठबन्धनबाट गोलाकार भित्रको हसिया हथौडामा देवराज अर्याल र उपमेयरमा कलम चिन्हमा कमल भट्टराई चुनावी मैदानमा हु्नुहुन्छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया