

बाणगंगामा राप्रपाको घरदैलो कार्यक्रम सुरु



कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाणगंगामा घरदैलो कार्यक्रम सुरु गरेको छ । बाणगंगा ८ बोडगाउँबाट राप्रपाले घरदैलो कार्यक्रम सुरु गरेको हो ।
राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझिको नेतृत्वमा घरदैलो कार्यक्रमलाई तीब्रता दिईएको राप्रपा बाणगंगाले जनाएको छ । राप्रपाबाट मेयरकी उम्मेदवार सिता कुमारी थारु, उपमेयरका उम्मेदवार डिल्ली शर्मा, वडा नं. ८ मा वडाध्यक्षका उम्मेदवार भगे्रन्द्र बहादुर उचै ठकुरीसहित नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा पुगेका छन् । घरदैलो कार्यक्रमका क्रममा राप्रपाप्रति आम नागरिकको एक छुट्टै किसिमको आशा, भरोसा र उत्साह देखिएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताउनुभयो । देशका प्रमुख राजनितिक पार्टीहरुलाई पटकपटक जिताएर पठाएको तर त्यसले देशलाई सहि दिशा प्रदान गर्न नसकेको भन्दै मतदाताहरुले आफु समक्ष गुनासो गरेको केन्द्रिय सदस्य रायमाझिले बताउनुभयो । उहाँले जनताको यो विश्वासलाई टुट्न नदिने प्रतिवद्धता जनाउदै राप्रपाका उम्मेदवारलाई जिताउन मतदाता समक्ष अपिल गरेको बताउनुभयो ।
घरदैलो कार्यक्रमसंगै राप्रपाले बोडगाउँ र मोतिपुरमा कोणसभा समेत सम्पन्न गरेको छ । राप्रपाको घरदैलो कार्यक्रम अन्तर्गत भोलि वैशाख १९ गते वडा नं.९ र ६, वैशाख २० गते वडा नं.१, वैशाख २१ गते वडा नं.११ र २, वैशाख २२ गते वडा नं. ५ र ४, वैशाख २३ गते वडा नं.१० र वैशाख २४ गते वडा नं.३, वैशाख २५ वडा नं.५ र ६ मा अभियान संचालन गरिने छ ।
राप्रपाले बाणगंगाका ११ वटै वडामा उम्मेदवार खडा गरेको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया