

कांग्रेस बाणगंगाका मेयर र उपमेयरका उम्मेद्धारले गरे प्रतिबद्धतापत्र सार्वजनिक



कपिलवस्तु । नेपाली कांग्रेस बाणगंगाका नगर प्रमुखका उम्मेद्वार रविराज आचार्य र उप प्रमुख पदका उम्मेद्वार तारावती कुमारी चौधरी थारुले प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
जारि प्रतिबद्धता पत्रमा “राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसको निर्णायक भूमिका प्रति गौरव गर्दै, यस नगरपालिका भित्रका ११ वटै वडामा फैलिएर रहनु भएका सम्पूर्ण आमावुवा, दिदीवहिनी तथा दाजुभाईहरुको देशभक्ति, लोकतन्त्र प्रतिको निष्ठा र संघर्षलाई हार्दिकतापूर्ण अभिनन्दन गर्दछौ’’भनिएको छ ।
यस्तै बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका प्रमुख, उप प्रमुख, वडा अध्यक्ष एवम् वडा सदस्यका उम्मेद्वारहरुलाई विजयी गराउन समेत अनुरोध गरिएको छ ।
प्रतिबद्धताहरु
बाणगंगा नगरपालिकामा सक्षम, भ्रष्टाचारमुक्त र जनउत्तरदायी स्थानीय सरकार दिनेछौ ।
स्थानीय सरकारलाई शासक होइन सेवकको रुपमा रूपान्तरण गर्नेछौ ।
सामाजिक सांस्कृतिक एकता र संद्भाव कायम गर्दै “हाम्रो बाणगंगा, राम्रो बाणगंगा’’ बनाउने छौ ।
सरकारी सम्पतीको दुरुपयोग गर्ने छैनौ र गर्न दिने छैनौ ।
विपन्न परिवारका बालबालिकाको शैक्षिक सुनिश्चितता गर्नेछौ ।
एक वडा एक उत्पादन पकेट क्षेत्रको विकास गरी किसानलाई
सम्पन्न बनाउने छौ ।
प्रत्येक वडामा कृषि उपज केन्द्र र नगरमा आधुनिक शित भण्डारको निर्माण गर्नेछौ ।
भूमि आयोगसँगको सहकार्यमा यथाशीघ्र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने छौ ।
बाणगङ्गा नदी किनारमा तटवन्ध, वृक्षारोपण र सौन्दर्यीकरण गर्नेछौ ।
लक्ष्मणघाट शवदाह स्थललाई व्यवस्थित गर्नेछौ ।
जेष्ठ नागरिक तथा असक्तका लागि हरेक महिनामा आफ्नै टोलमा नै निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछौ ।
प्रत्येक घरपरिवारलाई १० युनिट सम्म शुद्ध खानेपानी निःशुल्क उपलब्ध गराउनेछौ ।
नगर भित्र सर्प दंश उपचार केन्द्रको स्थापना गर्नेछौ ।
बाणगंगा नगर चक्रपथ निर्माण गर्नेछौ ।
पिपरादेखि कोइलीसम्म तथा नगरभित्रका मुख्य सडकमा सडक बत्तिको व्यवस्था गर्नेछौ ।
सडक दुर्घटनाको न्यूनिकरणका निम्ति ‘सडक सुरक्षा निर्देशिका’लाई कडाईका साथ लागू गर्नेछौ ।
नगरका मुख्य बजार चोकहरुमा सि।सि। क्यामेरा जडान गर्नेछौ ।
नगरमा सबैलाई पायक पर्ने ठाउँमा व्यवस्थित बसपार्क निर्माण गर्नेछौ ।
नगरमा एक सुविधा सम्पन्न सभाहल निर्माण गर्नेछौ ।
लागू पदार्थ दुब्र्यसनमुक्त नगर बनाउने र कुलतमा लागेका युवालाई स्वरोजगार बनाउनेछौ ।
स्थानीय उद्योगहरूमा निश्चित प्रतिशत स्थानीय रोजगारी दिनुपर्ने व्यवस्था गर्नेछौ ।
स्थानीय जात्रा, पर्व, उत्सव, महोत्सवहरुको वार्षिक क्यालेन्डर बनाई प्रचार प्रसार गर्नेछौ ।
नगरभित्रका जातजाति, भेषभुषा, रितिरिवाज संरक्षण गर्दै प्रवद्र्धन गर्ने ।
नगरभित्र १ लाख लिटर क्षमताको दुग्ध चिस्यान केन्द्र स्थापना गर्ने ।
मधुवनधाम, कपिलधाम, कैलाश आश्रम, श्रृङ्गी ऋषि तपो स्थल, लक्ष्मणघाट, रामदत्तिवन, राजापानी, प्रकेटेश्वर महादेव आदिधार्मिक स्थलहरुलाई संरक्षण, संवद्र्धन गर्दै धार्मिक पर्यटनको रुपमा दुर्त विकास गर्ने ।
नगरभित्रका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चहरुको संरक्षण र स्तर उन्नती गर्ने ।
नगरभित्र योगकेन्द्र, ध्यानकेन्द्र, सत्संघ स्थल, वाचनालय, सामुदायिक अध्ययन केन्द्र आदि स्थापना गर्ने ।
नगरभित्र औद्योगिक विकासका लागि उपयुक्त स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने ।
वातावरण संरक्षण एवम् परनिर्भरता न्यूनी करणका लागि वायोग्यास प्रवद्र्धनमा जोड दिने ।
प्रत्येक वडामा प्रहरी विटको स्थापना गरी नगरको शान्ति सुरक्षा अब्बल बनाउने ।
नगरभित्रका शैक्षिक संघ–संस्थाहरुको स्तर उन्नतीको लागि आवश्यक कार्य गर्ने ।
टेलिभिजन, एफ।एम। रेडियो, पत्रपत्रिका अनलाइन संचार गृहहरुलाई आवश्यक सहयोग गर्ने ।
वैदेशिक रोजगारमा संलग्न वा फर्केका व्यक्तिहरुलाई उद्यम संचालन गर्न सहयोग गर्ने ।
गरीब, शोषित र निमुखासँग बाणगंगा नगरपालिका’’ कार्यक्रम सञ्चालन गर्नेछौं ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया