

बाणगंगामा अधिकाशं दोहोरीने दाउमा वडा अध्यक्षका उम्मेद्धार



राजेन्द्र खनाल, जितपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव नजिकिए सगैँ कपिलवस्तुको राजनितिक माहोल बैशाखको गर्मी जस्तै तातो भएको छ । दलगत चुनावी मैदानमा उत्रीएका उम्मेद्धार देखि समर्थकहरु दलीय चुनावी प्रचार प्रसार र मतभार आफ्नो पक्षमा पार्ने ध्यानमा केन्द्रित छन् ।
टोल टोलमा पार्टी कार्यालयहरु बनाइएको छ भने केन्द्रका नेताहरु पनि यतिबेला टोलमै भेटिन्छन् । जनताका बिचमा भोट अपिलका लागि नेता तथा उम्मेद्धारहरु दैनिक जसो पुगिरहेका छन् ।
राजनितिको केन्द्र मानिने कपिलवस्तुको बाणगंगामा चुनावी माहोल यस पटक प्रतिश्प्रधात्मक हुने देखिएको छ । बाणगंगामा अझ केही वडागत चुनवाी माहोल बढी तातेको स्थितिमा छ । पार्टी भित्रबाट विद्रोह गरेका केही स्वतन्त्र उम्मोद्धारहरु समेत बाणगंगामा यस पटक धेरै देखिएका छन भने दलको शिफारिशमा उम्मेद्धार बनेकाहरु पनि आफ्नो पक्षमा चुनावी नतिजा ल्याउने कसरतमा छन् ।
यस्तै यस पटक बाणगंगा नगरपालिकामा यस अघि पनि निर्वाचित भई पाँच वर्षे कार्यकालको अनुभव संगालेका व्यक्तिहरु प्नि आफ्नो सोही पदमा दोहोरिने दाउमा देखिएका छन् । विशेष गरी बाणगंगाको वडा नम्बर २ मा विष्ण्ुा पौडेल, वडा नम्बर ६ मा सुकदेव थारु, वडा नम्बर ७ मा विष्णु गिरी, वडा नम्बर ११ मा सोमनाथ अर्याल आफ्नो पुरानै पदमा निर्वाचित हुने दौडमा रहेका छन् । आफुले पाँच वर्षमा बनाएका योजनाको साकार रुप दिन यस पटक निर्वाचित हुनपर्ने उनीहरुको तर्क छ । पाँच वर्षे अधुरा योजनाका काम पुरा गर्ने समेत उम्मेद्धारहरुको चुनावी एजेण्डा समेत बनेको छ ।
बाणगंगा नगरपालिकामा वडा नम्बर ११ का लागि चारदलीय गठबन्धनबाट सोमनाथ आर्याल यस पटक पुनः आफ्नो वडा अध्यक्षकै पदमा दोहोरिन वडा अधयक्ष बन्नुभएको छ । उहाँले पाँच वर्षे कार्यकालमा आफुले पुरा गर्न नपाएका शिक्षा स्वास्थय कृषि र पुर्वाधारका योजना पुरा गर्न यस पटक फेरी निर्वाचित हुनपर्ने बताउनुभयो । यस्तै उहाँले बाणगंगा नगरपालिकाले बनाएका ७१ व्टा कानुनको कार्यान्वयन र नगरको आवधिक योजनालाई पुर्ण रुप दिनका लाग आफ्नो उम्मेद्धारी रहेको बताउनुभएको छ ।
यस्तै अन्य वडाका वडा अध्यक्षहरका योजना र विचार पनि मिल्दा जुल्दा नै छन् ।
बाणगंगाको वडा नम्बर ७ मा यस अघि पनि वडा अध्यक्ष रहनुभएका र हाल सोही पदमा दोहोरीन चुनावी मैदानमा नेकपा एमालेका तर्फबाट उम्मेद्धार बन्नुभएका वडा अध्यक्षका उम्मेद्धार विष्णु गिरीले वडा नम्बर ७ लाई ग्रिन र क्लिन सिटी बनाउने आफ्नो योजना रहेको बताउनुभएको छ । यस्तै उहाँले यस अघिको कार्याकालमा तयार बनाइएका केही योजनाहरुको काम अझै बाँकी रहेकाले ति योजना पुरा गर्ने पनि आफ्नो मुख्य काम रहेको बताउनुभयो । सडक, आन्तरिक पर्यटन सहितका केही पुर्वाधारका कामलाई आफुले अबको कार्यकालमा पुरा गर्ने बताउनुभयो ।
कपिलवस्तुको बाणगंगामा यस पटक नेकपा एमालेबाट निर्वाचित उम्मेद्धारहरु सबैभन्दा बढी आफ्नै पदमा दोहोरीने गरी पार्टीबाट टिकट पाएर चुनावी मैदानमा छन् । उनीहरुले वडागत पुराना पाँच वर्षे योजनाका कामलाई बढी प्राथामिकतामा राखेर जनताको घरदैलो समेत गरिरहेका छन् ।
जिल्लामै सबैभन्दा बढी मतदाता रहेको बाणगंगामा कुल ६१ हजार १ सय ७७ मतदाता छन् । यहाँ ३० मतदानस्थल र ७३ मतदान केन्द्र कायम गरिएको छ । कपिलवस्तु जिल्लामा भने कुल ३ लाख ७३ हजार एक सय मतदाता रहेको निर्वाचन कार्यालयको तथ्याङ्क छ । दलहरुले आ आफ्ना मतदाताको तथ्याङ्क संकलन गरी आफ्ना पक्षमा आउने मतभारको आँकलन गरी यतिबेला चुनावी प्रचार प्रसारमा लागेका छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया