

कपिलवस्तुमा एसईईमा ह्वाट्सअपबाट चिट चोराएको खुलासा, प्रअलाई सोधियो स्पष्टिकरण



कपिलवस्तु । कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ह्वाट्सअपको माध्यमबाट प्रअले नै चिट चोराएको खुलासा भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिकास्थित तिलौराकोट माविका प्रअ संजय वर्मालाई १२ घण्टे स्पष्टिकरण सोधिएको छ । तौलिहवा स्थित बुद्धज्योति ईग्लिस बोर्डिङ स्कुल परिक्षा केन्द्रमा ह्वाट्सअपको माध्यमबाट आफ्ना विधार्थीहरुलाई चिट चोराएको पाईएपछि उनलाई शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुले वर्मालाई १२ घण्टे स्पष्टिकरण सोधेको हो ।
वैशाख १६ गते शुक्रबार ईच्छिक गणित विषयमा प्रश्न पत्र आउट गरि ह्वाट्सअपको माध्यमबाट आफ्ना विधार्थीलाई उत्तर लेखेर पठाएका थिए । निरिक्षणमा रहनुभएका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले सो परिक्षा केन्द्र अनुगमन गर्दा ८ जना विधार्थीको साथमा मोबाईल फेला परिएको र प्रअ वर्माको ह्वाट्सअप नम्बरबाट प्रश्नको उत्तरहरु भेटिएको थियो । प्रहरी उपरिक्षक कार्कीले प्रअ वर्माको नम्बरबाट ह्वाट्सअपको माध्यमबाट उत्तरहरु पठाएको भेटिएको बताए ।
सोही क्रममा ८ जना विधार्थीको मोवाईल समेत जफत गरिएको उनले जानकारी दिए । ह्वाट्सअपबाट चिट चोराउने प्रअ वर्मालाई प्रजिअ धमेन्द्र कुमार मिश्रको आदेश अनुसार १२ घण्टे स्पष्टिकरण सोधिएको शिक्षा तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले बताए । प्रअ वर्मासंग यसै सम्बन्धमा थप कुरा बुझ्न खोज्दाँ उनी अहिले सम्पर्कमा रहेका छैनन् ।
कपिलवस्तुमा जिल्ला सदरमुकाम तौलिहवासहित विभिन्न परिक्षा केन्द्रहरुमा विगतदेखि नै यस्ता चिट चोराउने घट्ना हुदै आएका छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया