कपिलवस्तु नगरपालिका ९ मा युवा अभियान्ता पौडेलको उमेद्वारी

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं ९ मा स्वतन्त्र समुहबाट उमेद्वारी दिएका युवा नेता नारायण प्रसाद पौडेलले वडामा पशु र कृषि क्रान्तिमा जोड दिने आधार तयार गरेका छन् । असल नेतृत्व नहुदा कृषकहरु विदेश पलाएन हुनु परेको बताउदै वडा ९ मा पशु र कृषिमा किसानलाई व्यावसायीक बनाउन विभिन्न योजनाहरु अगाडी सारेका हुन् ।
कृषि क्रान्ति र युवा रोजगारी कै लागि आफ्नो नेतृत्वमा वडा गत युवा उमेदवारी दिईएको र दल का पछि नलागि यसपाली युवा नेतृत्वलाई मदतादाले माया गर्ने उनले विश्वास व्यक्त गरेका छन् । सवैको माग अनुसार सवै पार्टीबाट मिलाएर आफ्नो नेत्तृत्व बनेको बताउने उनी यतिबेला केही व्यक्तिले राजनैतिक आडम्ब देखाएर कतिपय ठाउँमा गलत प्रचारबाजी गर्ने प्रपंन्च रचेको बताए ।
उनले भने हामीले केही गरौ भन्ने उदेश्यले पार्टी भन्दा माथि उठेर उमेद्वारी दिएका छौ एउटै चुनाव चिन्हका लागि गिलास रोजेका हौ । पार्टी प्रवेश होईन् विगतमा वृजेश गुप्ता समेत स्वतन्त्रबाट अन्य चिन्ह लिएर लडेको स्मरण गराउदै चिन्ह महत्वपुणर् नभई मतदाताले हाल को नारा हाम्रो लाई नभई राम्रोलाई भोट भन्ने नारा साकार गर्ने जनाए ।
युवा नेतृत्व विजयी भए किसानलाई कृषिबाट भएका विस्थापन रोक्न पशुपक्षी पालक किसानहरुलाई नि ः शुल्क चिकित्सकिय व्यवस्था कृर्षि विमा , बालि संरक्षणका लागि घुम्ति विज्ञ समुह, वटैया गर्ने (अधिया) गर्ने विपन्न परिवारलाई रासायनिक मलमा २५ प्रतिशत अनुदान लगाएतका काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले एक वर्ष भित्र वडालाई फुसको छानो मुक्त गर्ने सामाुदायिक विधालय मा शिक्षाको गुणस्तर वृद्धि गर्न विज्ञ समुह मार्फत अभिभावकको अपेक्षा अनुसारका योजना लागु गर्ने लगाएका महत्वपुणर् योजना रहेको बताए । त्यसका लागि भ्रम का पछि नलागी आफ्नो नेतृत्वलाई जनताको साथ रहने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

खबर सबै