बाणगंगामा चार दलीय गठबन्धनले नेत्र गिरीलाई दियो समर्थन

कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नं. ७ मा नेत्र गिरीको टिमलाई समर्थन गर्ने चार दलीय गठबन्धनले जनाएको छ ।
एमालेबाट विद्रोह गरी वडा नं. ७ मा स्वतन्त्र उम्मेद्वारी दिएका गिरी सहितको ५ जनाको टिमलाई सघाउने गरी शुक्रबार गठबन्धनका उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका हुन ।
निर्वाचन कार्यालय वाणगंगामा शुक्रबार दिउँसो गठबन्धनका उम्मेद्वारहरु उम्मेद्वारी फिर्ता लिन पुगेका थिए । गठबन्धनले वडाध्यक्ष शिव बन्जाडेसहित चुनाव चिह्न हसिया हथौंडाबाट आफ्ना उम्मेद्वार वडा नं. ७ मा उठाएको थियो । वडा नं. ७ का लोकप्रिय नेता नेत्र गिरीले एमालेबाट टिकट वितरणमा अन्याय भएको भन्दै गएको बैशाख १२ गते स्वतन्त्र समूह बनाएर उम्मेद्वारी दर्ता गरेका थिए ।
उम्मेद्वारी दर्ता गर्ने बेला गिरी समूहले निर्वाचनमा मतदान गर्न गाह्रो हुने भएकाले गठबन्धनका दलहरुसंग छाता चुनाव चिह्न मागेका थिए । जसपाको छाता चुनाव चिह्नबाट गिरी समूहले उम्मेद्वारी दर्ता गरे पनि माओवादी केन्द्रको हसिया हथौंडा चुनाव चिह्नबाट यस वडामा उम्मेद्वारी परेको थियो ।
दुवै पक्षको सहमति बमोजिम वडा नं. ७ मा चार दलीय गठबन्धनले आफ्नो उम्मेद्वार फिर्ता बोलाएर गिरीको सिंगो समूहलाई निर्वाचनमा सघाउने भएको हो । गिरीको समूहले नगरका मेयर, उप–उपमेयरलाई सघाउने गरि दुवै पक्ष अगाडी जाने सहमती भएको गठबन्धनबाट वडाध्यक्षका उम्मेद्वार बन्जाडेले बताए ।

प्रतिक्रिया

खबर सबै