कपिलवस्तुमा कोभिड पुर्व तयारी तथा प्रतिकार्य संचालन परियोजना जिल्लास्तरीय समन्वयात्मक बैठक

कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा कोभिड पुर्वतयारी तथा प्रतिकार्य संचालन परियोजना जिल्लास्तीय समन्वयात्मक बैठक संपन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटीको आयोजनामा भएको बैठकले कोभिड खोप सबैको पहुचमा पुर्याउने बिषयमा छलफल गरिएको थियो । परियोजना महाराजगंज नगरपालिका र बिजयनगर गाउपालिकामा संचालन गर्ने योजना बनाइए पनि सो दुई पालिकामा अन्य संस्थाहरुले काम गर्दै आएका छन । सो परियोजना जिल्लाको कुन पालिकामा संचालन गर्नै बिषयमा आउने सोमवार तौलिहवामा हुने जिल्ला खोप समन्वय समितिको बैठकमा निर्णय गरिने नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति केशव सिहले बताए ।

परियोजनाले कोभिडबाट हुने संक्रमण र मृत्यु दरमा कमी ल्याउने, कोभिड खोप सबैको पहुचमा पुरयाउने, कोभिडका कारण उत्पन्न हुने मनोसामाजिक समस्यालाई कम गर्न स्वयमसेवक परिचालन गर्ने लक्ष्य रहेको परियोजना संयोजक समिक्षा गुरुङले बताईन । उनले कोरानोको खोप नलाएकाहरुलाई खोजौ र खोपै भन्ने आफुहरुको मुल उद्देश्य रहेको बताईन ।

सो अवसरमा सहायक प्रजिअ अनिल पौडेलले कारोना बिरुद्धको खोप चाडै सबैको पहुचमा पुर्याउनु पर्ने बताए । उनले जिल्लालाई कोरोना बिरुद्धको पुर्ण सु्रक्षित जिल्ला बनाउनु पर्ने बताए ।

सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकरी उमेश घिमिरेले कपिलवस्तुमा सवा ५ लाखबढीले कोरोना बिरुद्धको खोप लागइ सकेको बताए । उनले ९३ प्रतिशत लक्षित समुहमा कोरोनाको खोप पुगी सकेको बताए ।

नेपाल रेडक्रस सासाईटी कपिलवस्तुका अध्यक्ष केशव सिंहको अध्यक्षता, बसन्त आचार्यको संचालनमा भएको कार्यक्रममा रेडक्रसका प्रदेश सदस्य राज कुमार क्षेत्री, संतोष ढकाल, गैसस महासंघका जिल्ला अध्यक्ष प्रबीण श्रीवास्तव लागतयले खोपको पहुच बढाउनु पर्ने माग गरे ।

प्रतिक्रिया

खबर सबै