

बाणगंगा ८ मा चार दलीय गठबन्धनका वडा अध्यक्षका उम्मेद्धार पौडेल घरदैलोमा केन्द्रित



कपिलवस्तु । बाणगंगा नगरपालिकामा चार दलिय गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजावदी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्धारहरु पनि जनताको घरघरमा पुगिरहेका छन् ।
चार दलीय गठबन्धनबाट बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेद्धार हुमनाथ पौडेलको पक्षमा मतभार संकलनका लागी गठबन्धन समुह घरदैलो अभियानमा केन्द्रिर रहेको माओवादी नेता भागिरथ न्यौपानेले जानकारी दिनुभयो ।
चारदलीय गठबन्धनले कपिलवस्तुको बाणगंगामा मेयर र उपमेयर सहित ११ वटै वडामा भागबण्डा गरी चुनावी मैदानमा छ । नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति कपिलवस्तुका सदस्य समेत रहनुभएका नेता हुमनाथ पौडेललाई वडा अध्यक्षको उम्मेद्धार बनाएर आज बाणगंगा ८ को मधुवनमा पुगेको गठबन्धन टोलीको घरदैलो अभियानमा माओवादी नेताहरु विष्णु शाह, शरोज खनाल, नेत्र पाण्डे सहितका नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।
कपिलवस्तुको बाणगंगाको वडा नम्बर ८ मा गठबन्धन समुहको जित निश्चित रहेको र जनताको अभिमत आफ्नो पक्षमा आउने वडा अध्यक्षका उम्मेद्धार पौडेलले बताउनुभयो । वडा अध्यक्षमा आफू निर्वाचित भएपछि वडाबासीको विकासको तिव्र आकाक्षांलाई सम्बोधन हुने गरी आफुले योजनाबद्ध काम गर्ने र त्यसका लागि बृहत योजना सहित अहिले चुनावी मैदानमा उभिएको पनि उहाँको भनाई छ ।
पौडेल विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थाहरुको प्रमूख पदमा रहेका काम गर्नुहुन्छ । सामाजिक क्षेत्रमा यस अघि देखिनै आफु जनताका बिचमा सह सम्बन्ध स्थापना गर्दै आएका कारण जनताले यसपटक आफुलाई निर्वाचित गर्नेमा आफु ढुक्क रहेको समेत उहाँले बताउनुभयो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया