

जनसेवा आधारभूत विद्यालयमा वार्षिक नतिजा प्रकाशन



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयले शैक्षिक सत्र २०७८ को वार्षिक नतिजा प्रकाशन सहित पुरस्कार तथा छात्रबृत्ती वितरण गरेको छ ।
बिहिबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच कक्षा बालविकास देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुको वार्षिक कक्षागत नतिजा प्रकाशन सहित प्रथम,द्धीतीय, तृतीय र सान्त्वना स्थान ल्याएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ भने विद्यालयमा संचालनरत टिकिा स्मृती अक्षयकोष, मञ्जु तारा अक्षयकोष र त्रिशक्ति सामुदायिक वनद्धारा प्रदान गरिने छात्रबृती सहित नेपाल सरकारबाट प्रदान गरिने छात्रा तथा दलित विद्यार्थी छात्रबृत्ति रकम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वता थापाको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रविराज आचार्य, जिल्ला समन्वय समिति कपिलवस्तुकी निवर्तमान उपाध्यक्ष तारावती चौधरी, अक्षयकोषदाता टोपनारायण बेल्वासे, तारा बञ्जाडे लगाएतको आथिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पाण्डेले वार्षिक शैक्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया