
टिकट चाेर उम्मेदवारले दलमा खैलाबैला

एउटा पदमा एउटै दलबाट दुईजना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली काँग्रेसलाई तनाव थपिएको छ। थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार आचार्य दुई जनाको उम्मेदवारी परेको छ। नीलकण्ठ नगरपालिका-९ वडाध्यक्षमा काँग्रेसका राजन बराइली र रामहरि लम्सालले मनोनयन दर्ता गराएका छन् ।
एमालेबाट थाक्रेको अध्यक्षमा मनोनयन दर्ता गराएका पन्त र आचार्य दुवै जनाले पार्टीको आधिकारिक टिकटबाटै मनोनयन दर्ता गराएका हुन् । फरक यत्ति हो, पन्तले जिल्लाको संयन्त्रबाट आधिकारिक टिकट लिए, आचार्यले प्रदेश कमिटीबाट ल्याए। अझ रोचक त के छ भने, जिल्ला संयन्त्रबाट आधिकारिक टिकट लगेर पन्तले मनोनयन दर्ता गरिसकेको आचार्यले थाहै पाएका रहेनछन् । आफ्नो मनोनयन निर्वाचन आयोगको सफ्टवयरले नलिएपछि मात्रै थाहा पाएका रहेछन्। एउटै पदमा एउटै दलका दुईजना उम्मेदवारको नाम निर्वाचन आयोगको सफ्टवेयरले लिँदैन। आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया