कांग्रेस छोडेका अजय थापाले शिवराजमा राप्रपाबाट दिए मेयरमा उम्मेद्वारी

कपिलवस्तु ।
चन्द्रौटा क्षेत्रका युवा नेता अजय थापाले सोमबार औपचारिक रुपमा नेपाली कांग्रेस छाडेका छन् । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट नदिए पछि थापाले कांग्रेस परित्याग गरेका हुन् ।

कांग्रेस छाडे लगत्तै राप्रपामा प्रवेश गरेका उनले शिवराज नगरपालिकामा मेयरको टिकट पाएका छन् । दलबलसहित थापाले सोमबार राप्रपाबाट मेयर पदमा उम्मेद्वारी दिएका छन् ।

उप(मेयरमा भने राप्रपाबाट विपसा थारुले उम्मेद्वारी दिएकी छिन् ।

गएको स्थानीय तह ०७४ सालको निर्वाचनमा पनि थापा राप्रपाबाट मेयरमा चुनाव लडेका थिए । उनी पराजित भए लगत्तै मंसीरमा भएको संघ र प्रदेशको निर्वाचनमा थापा कांग्रेस प्रवेश गरि प्रदेश सभा सदस्यको टिकट पाएका थिए ।

वामगठन्धनको रुझानका बीच प्रदेश सांसदमा पनि पराजित बनेका थापा पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय थिए । तर, कांग्रेसले मेयरमा टिकट नदिए पछि थापाले फरक पार्टी रोजेका हुन् ।

शिवराजमा कांग्रेसले मेयरमा हुमाकान्त खनाल र उप(मेयरमा शारदा रायमाझीलाई उठाएको छ ।

प्रतिक्रिया

खबर सबै