


बाणगंगा ८ मा कांग्रेसका पाेख्रेल र एमालेबाट अर्याललाई उम्मेदवारी शिफारिस



कपिलवस्तु ।
नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नं ८ ले वडा अध्यक्षका लागि कृष्ण प्रसाद पोख्रेललाई सिफारिस गरेको छ । वडा कार्यसमितिको बैठकले अध्यक्ष पदको लागि पोख्रेलको नाम सर्बसम्मत रुपबाट सिफारिस गरेको हो । समाजसेवी एंव विभिन्न संघ संस्थामा क्रियाशिल पोख्रेल वडाको विकास एंव समृद्धिका लागि आफ्नो उम्मेद्वारी रहेको बताउँनुभयो ।
यसैबीच यता नेकपा (एमाले) ले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मा एमालेको तर्फबाट बाबुराम अर्याललाई वडाध्यक्षको उम्मेद्वारको रुपमा सिफारीस गरेको छ । यहि बैशाख ३० गते शुक्रवारका दिन हुने स्थानीय तहको निर्वाचनमा अर्याल चुनावी मैदानमा उत्रदै हुनुहुन्छ ।
नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुका सदस्य, अनेरास्ववियु केन्द्रिय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्ज समेत रहनुभएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया