एमाले कपिलवस्तुद्धारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

कपिलवस्तु। नेकपा एमाले कपिलवस्तुले जिल्लाका १०वटै पालिकाहरुमा पार्टी स्थापना दिवसको अवसरमा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं पार्टी स्थापना दिवसका अवसरमा शुक्रबार एमालेले आसन्न वैशाख ३० को स्थानीय निर्वाचन केन्द्रित रहेर आफनो स्थापना दिवस मनाएको हो ।
नेकपा एमालेले ५ वर्षको अवधीमा स्थानीय तहमा गरेका उपलब्धी तथा कामहरुको सार्वजनिक गर्दै आउदो ५ वर्षका लागि चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।
वाणगंगा नगरपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचन जितेपछि ५ वटा महत्वपूर्ण क्षेत्रहरुलाई प्राथमिकता दिएर प्रतिवद्धता तयार गरेको थियो । पार्टीले स्थानीय तहमा निर्वाचन जितेपछि गरिब विपन्न तथा पछाडी पारिएको समुदायको खानेपानी, विजुली लगाएतमा छुट दिने प्रतिवद्धता जनाएको छ । नगरमा शुशासन तथा पारदर्शीता कायम गर्दै सेवाग्राहीलाई सहज सरल झन्झट मुक्त सेवा प्रवाह गर्ने बताएको छ । विगतका अधुरा योजनाहरु चक्रपथ, फाहोलमैला व्यवस्थापन, गौशाला, बसपार्क, पूर्वाधार विकासलाई प्राथमिकताका साथ पुरा गर्ने जनाएको छ । कार्यक्रममा महिला, युवा, दलित, जनजाति, अल्पसंख्यक समुदायको शसक्तिकरण, रोजगारी तथा सहयोगका लागि विशेष प्याकेज तयार गर्ने प्रतिवद्धता तयार गरेको छ ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सजिवालय सदस्य भेषराज पाण्डेले प्रस्तुत गर्नुभएको ६ पृष्ठ लामो प्रतिवद्धता पत्रमा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, संस्थागत क्षेत्रको प्रवर्धन र विकासमा जोड दिइएको छ । कार्यक्रममा प्रमुख अतिथी विमला घिमिरेले समृद्ध नेपाल सुखी नेपालीको आंकाक्षा पुरा गर्न नेकपा एमालेलाई स्थानीय निर्वाचनमा वहुमतका साथ विजयी गराउन सवै नेता कार्यकर्तालाई घरदैलोमा जान आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश कमिटि सदस्य दोर्णराज सुवेदी, चक्रपाणी अर्याल, वाणगंगा नगर कमिटिका इन्चार्ज शंकर पाण्डे, नगर अध्यक्ष युवराज पोखरेल, जिल्ला कमिटि उपाध्यक्ष विश्राम थारु, जिल्ला कमिटि सचिवालय सदस्य विमल सारु मगर लगाएतको उपस्थिती रहेको थियो ।
नगर सचिव विष्णु गिरीको संचालन तथा उपाध्यक्ष मुक्त बहादुर कार्कीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा अन्य पार्टी परित्याग गरी नेकपा एमालेलमा प्रवेश गरेका १५ जना नयाँ सदस्यहरुलाई पोलिटव्युरो सदस्य विमला घिमिरेले टिका लगाएर स्वागत गर्नुभएको छ ।
यसैबिच उता कपिलवस्तुको बुद्धभूमिा पनि एमालेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रवार निर्वाचन सम्पर्क कार्यालय गोरुसिङ्गेमा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य झवीलाल पोख्रेलले कपिलवस्तु जिल्लामा एमाले प्रवेश गर्नेको लर्को लागेको बताउनु भएको थियो ।
नेता पोख्रेलले कार्यकतालाई एक जुट भएर आम जनमानसमा प्रचार गर्न आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया

खबर सबै