जनप्रतिनिधीहरुमा इच्छा शक्ति भए धेरै गर्न सकिन्छ : युवा नेता डा. गगन सिँह

कपिलवस्तु ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षमा युवा नेता डा। गगन सिँहले आफ्नो उमेद्धारी दिनुभएको छ । नेपाली कांग्रेसका वडा सभापति समेत रहनुभएका नेता सिँहले जनप्रतिनिधीहरुमा इच्छा शक्ति भए वडामा विकासका काम धेरै गर्न सकिने बताउनुभयो ।
नेता सिँहले कपिलवस्तुमा विकासका काम गर्न धेरै सहज रहेको र यति हुँदा पनि हालका जनप्रतिनिधीहरुबाट सोचेअनुसारले काम नभएको पनि बताउनुभयो ।
जापानमा बसेर लामो समय अध्ययन समेत गर्नुभएका उहाँले इन्जिनियरिङ विषयमा विद्यावारिधी समेत गर्नुभएको छ । अहिले कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष पदमा आफुले नेपाली कांग्रेसका तर्फबाट उमेद्धारी दिएको भन्दै पार्टीले आफुलाई टिकट दिनेमा आफु विश्वस्त रहेको समेत बताउनुभयो ।
वडाको विकासका लागि जनप्रतिनिधिले सबैभन्दा पहिले सरसफाई, शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्न आवश्यक रहेको उहाँको विचार छ । शिक्षा स्वास्थ्य र सरसफाईका सुचक राम्रो बनाउन सके वडाको अन्य भौतिक पूर्वाधारको विकासका काम सहज हुने समेत उहाँले बताउनुभयो ।
विकासका नाममा बजेट सक्ने र आफु निकटका व्यक्तिहरुको हितका काममा मात्र योजना बनउने परिपाटीले हाम्रो विकास पछाडि परेको समेत उहाँको तर्क छ । चुनावी मैदानमा उत्रने तयारीमा रहनुभएका नेता डा। सिँहले राजनितिक दलको उमेद्धार भए पनि स्वयम उमेद्धारमा पनि क्षमता भने अनिवार्य रहेको बताउनुभयो । जनताले पत्ताउन सक्ने र भिजन भएका व्यक्तिलाई राजनितिक दलले उमेद्धार बनाउनु पर्ने अहिलेको मुख्य आवश्यकता रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

खबर सबै