

लुम्बिनीमा एक वर्षमा ४११ बलत्कारका घटना



कपिलवस्तु । गत २०७८ साल वैशाख १ गते देखि चैत्र मसान्तसम्म एक वर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयहरूमा कूल ४११ वटा बलात्कार घटनाका उजुरी परेको तथ्याङ्क प्राप्त भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केदार रजौरेले उपलब्ध गराएको विवरण अनुसार त्यस अवधिमा बाँकेमा ६३ वटा बलात्कार घटनाका उजुरी परेका छन् ।
त्यस्तै बर्दियामा ५७ वटा, दाङमा ८३ वटा रोल्पामा १८ वटा, प्युठानमा २० वटा, रुकुम पूर्वमा ४ वटा, कपिलवस्तुमा ३८ वटा, रुपन्देहीमा ६८ वटा, नवलपरासी पश्चिममा १९ वटा, पाल्पामा २१ वटा, गुल्मीमा १३ वटा र अर्घाखाँचीमा ७ वटा बलात्कार घटनाका उजुरी परेका हुन् । बलात्कृत हुनेहरूमा १६ वर्ष मुनिका १७३ जना बालिका रहेका छन् । १६ देखि १८ वर्ष मुनिका ९० जना रहेका छन् । १८ देखि २५ वर्षमुनिका ७२ जना रहेका छन् । २६ देखि ३५ वर्षका ३६ जना रहेका छन् । २६ देखि ४५ वर्षका २५ जना रहेका छन् ।
४६ देखि ६० वर्ष मुनिका १३ जना र ६० वर्षदेखि माथिका २ जना महिला बलात्कृत भएका छन् । सबैभन्दा कम उमेरकी ३ वर्षीया बालिका बर्दियामा एक जना र पाल्पामा एक जना गरी दुई जना बालिका यौन हिंसाको शिकार भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया