कांग्रेस नेताहरु भन्छन् , कपिलवस्तुको क्षेत्र नंं. १ मा गठबन्धनबाटै निर्वाचनमा जान्छौँ

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नंं. १ का सभापति अब्दुल मन्नान खाँले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कपिलवस्तुको क्षेत्र नम्बर १ मा गठबन्धन हुने बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै खाँले सत्ता गठबन्धन दलहरुमा वर्तमान पार्टी संगठनको अवस्था र एमाले बाहेक सरकारमा रहेका दलहरुबीच गठबन्धन आवश्यक भएकोले गठबन्धन गरिने बताए । खाँले विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने बताए ।
यस्तै क्षेत्र नं. १ का प्रदेश सभापति दुर्गा के.सी.ले हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेको बताउँदै केन्द्रीय निर्देशन अनुसार आफूहरु अघि बढ्ने बताए ।
बैठकमा क्षेत्रीय सचिव विजय खनालले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरु एकजुट भएर लाग्नु पर्ने बताउँदै युवा भनेका कांग्रेसको मेरुदण्ड भएकोले युवाहरु कांग्रेसलाई जिताउन एक भएर लाग्न आग्रह गरे ।
क्षेत्र नं. १ का ३० वटा वडामा कांग्रेस पार्टीका गतिविधिलाई चलायमान बनाउन र कांग्रेसलाई जिताउन क्रियाशील सदस्यहरु लगायत सबै एकजुट भएर लाग्न क्षेत्रीय सचिव कृष्ण चौधरीले आग्रह गरे ।
यस्तै बैठकले क्षेत्र नं. १ का पार्टीका गतिविधि अनुगमन तथा मूल्याङ्कका लागि क्षेत्रीय सचिव विजय खनालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा कल्याण टण्डन, जयसराम यादव, उदयराज चौधरी र धनेश्वर अधिकारी रहेका छन् ।

प्रतिक्रिया

खबर सबै