पिपरा प्रहरीद्धारा हराएको सुनका गहना सहितको झोला फेला पारी हस्तान्त्रण

कपिलवस्तु । कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपराले सुनका गरगहना सहितको हराएको झोला आज फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्त्रण गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीकी ३७ वर्षिय इशा क्षेत्री सोमबार कपिलवस्तु आउने क्रममा आफु सवार विङ्गरबाट ४ तोला सुनका गरगहना सहितको झोला हराएको सुचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले फेला पारी आज क्षेत्रीलाई हस्तान्त्रण गरेको प्रहरी निरिक्षक दिपकबाबु के.सीले जानकारी दिनुभयो ।
सिसिटिभि फुटेजको माध्यमबाट खोजी गरी उहाँ सवार साधनको पहिचान पश्चात उक्त सामान सहितको झोला फेला परिएको के.सीले बताउनुभयो । प्रहरीका अनुसार क्षेत्री कपिलवस्तुको एक विवाह कार्यक्रममा आउने क्रममा सो गहना सहितको झोला हराएको थियो । सम्बन्धित व्यक्तिलाई कार्यालयमा बोलाएर प्रहरीले आज सामान हस्तान्त्रण गरेको हो ।

प्रतिक्रिया

खबर सबै