


अन्ततः गठबन्धनले टुंग्यायो महानगरको भागबण्डा



काठमाडौ । अन्ततः पाँच दलीय सत्ता गठबन्धनले महानगरपालिकाको भागबण्डा टुंग्याएको छ। मंगलबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले महानगरको भागबण्डामा सहमति जुटाएको हो।
पोखरा महानगरको दाबी नेपाली कांग्रेसले छाडेपछि सहमति जुटेको हो। मंगलबार गठबन्धनले गरेको भागबण्डा अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर पाउनेछ भने नेकपा माओवादी केन्द्रले भरतपुर महानगर पाउनेछ। त्यस्तै, वीरगञ्ज महानगर जनता समाजवादी पार्टी ९जसपा०ले पाउने भएको छ।
मंगलबारको बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताका अनुसार आफूहरुबीच सहमति भइसकेको र एकैछिन पछि निर्णय सार्वजनिक गर्ने बताए।
सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया